काठमाडौं / आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तुलनामा प्रतितोला रु ४ सयले बढेर १ लाख ४ हजारमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार ५ सय छ । । यसको मूल्य अघिल्लो दिन रू १ लाख ३ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार
मूल्यका तुलनामा प्रतितोला रु ५ रुपैयाँले बढेर १ हजार २ सय ९५ कायम रहेकोे महासङ्घले जनाएको छ ।