बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • तनहुँ बसको ठक्करबाट पैदल यात्रुको मृत्यु
समाचार

तनहुँ बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

  • pranil आइतवार, माघ २९, २०७९ | February 12, 2023

तनहुँ – बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । शनिबार पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिकाचोक, आँबुखैरैनी बजारमा ठक्कर दिँदा सोही ठाउँ बस्ने ४० वर्षीय मीनबहादुर विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले डुम्रेबाट आबुखैरेनी जाँदै गरेको ग १ ख ६३०७ नं. को बसले ठक्कर दिँदा विकको मृत्यु भएको बताए ।

शनिबार बिहान पैदल हिँडिरहेका विकलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

विकको  उपचारको क्रममा चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो

। घटनापछि बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय