मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिव बनिन् दर्शना
समाचार

विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिव बनिन् दर्शना

  • pranil शनिबार, माघ २८, २०७९ | February 11, 2023

काठमाडौं – विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबारदेखि काठमाडौंमा आयोजित महाधिवेशनबाट अध्यक्षमा बाँस्कोटा चयन हुँदा महासचिवमा रन्जु दर्शनालाई चयन भएकी छन् ।

पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए । ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए ।

उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् । सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन् ।  कोषाध्यक्षमा दामोदर नेपाललाई चयन भएका छन् ।

पार्टीमा ६१ केन्द्रीय समिति सदस्य

रहने र सदस्यलाई चुनावबाट छान्ने तयारी भइरहेको परीयारले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय