आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रुपन्देहीमा सुपर लिग क्रिकेट प्रतियोगिताको २२औं संस्करण सुरु
समाचार

रुपन्देहीमा सुपर लिग क्रिकेट प्रतियोगिताको २२औं संस्करण सुरु

  • pranil शनिबार, माघ २८, २०७९ | February 11, 2023

डिभिजनतर्फ सहभागी टिममा वेस्टर्न क्रिकेट क्लब बुटवल, न्यु होराइजन क्रिकेट क्लब बुटवल, लुम्बिनी खुकुरी क्रिकेट क्लब, तिलोत्तमा क्रिकेट क्लब, मणिग्राम, एक्स्पर्ट जीआर बेलबास, तिरुपति क्रिकेट क्लब, भैरहवा, मेलबर्न क्रिकेट क्लब भैरहवा, बुद्ध क्रिकेट क्लब भैरहवा रहेका छन् । ,बी डिभिजनबाट नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँमिल, शंकरनगर क्रिकेट क्लब, शंकरनगर, गोलपार्क क्रिकेट क्लब, बुटवल, बुटवल युथ क्रिकेट क्लब बुटवल, साई ग्लोबल एकेडेमी, भैरहवा, लुम्बिनी शाक्यान क्रिकेट क्लब लुम्बिनी, प्रोफेसनल मास्टर्स ११, भैरहवा, स्टार क्रिकेट क्लब पड्सरी, सैनामैना क्रिकेट क्लब, सेनामैना, बुटवल

११, बुटवल राइनोज, बुटवल, देवदह क्रिकेट युनिट देवदह छन् ।

अघिल्लो समाचार

बडिमालिका खबर
काठमाडौं । संसारका प्रेमी–प्रेमिका प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि एउटा विशेष उत्सवको दिन हो प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । यो दिन प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण मानिन्छ । विशेष गरी यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम गर्नका लागि कुनै सीमितता हुँदैन । प्रेम आफैँमा एउटा रङ्गिन अनुभूति हो । कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ । त्यसमाथि युवा मन, प्रणय चिन्तनले तरङ्गित बनाउने नै भयो । प्रणय दिवसले प्रत्येक वर्ष संसारका हरेक युवा युवतीको मनमा यस्तै तरङ्ग सृजना गर्छ । मनमा उत्पन्न भएको तरङ्गलाई आफ्नो मनले खाएकोलाई अभिव्यक्त गर्ने दिन नै हो प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । यो दिनले धेरै मनबिचको पर्खाल भत्काउँछ । सीमारेखाहरू मेटाउँछ र दुई मुटुलाई एक गराउँछ । सुन्दर नयाँ संसारको सपना देखाउँछ । समग्रमा भन्दा प्रणय एउटा बाँच्ने आधारशिला नै हो । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडयस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो, अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेर निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू.२७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ । त्यस्तै यति बेला काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डेको विशेष माहौल छ । काठमाडौं उपत्यकामा भ्यालेन्टाइन डे स्पेसलरुपमा मनाइँदै छ । काठमाडौं मात्रै होइन, भ्यालेन्टाइन डे देशभर नै प्रेमिलरुपमा मनाइँदै छ । वर्ष दिनको सबैभन्दा रोमान्टिक दिनका रूपमा मानिने भ्यालेन्टाइन डे का लागि मान्छेहरू माया र प्रेम बाँड्न आतुर हुन्छन् र आ९आफ्नै तरिकाले तयारीमा लागेको पाइन्छ । आफ्नो दक्ष अनुसार फूल, कार्ड, चकलेट, उपहार,किनमेल धेरै कुराको व्यवस्थापनमा मान्छेहरू व्यस्त भएको देखिन्छ । मान्छेहरू पुरा साता नै भ्यालेन्टाइन विक का रूपमा सेलिव्रेट गर्छन्। फेब्रुअरी ७ देखि १४ सम्म प्रत्येक दिन कुनै न कुनै रूपमा मनाउँछन्। फेब्रुअरी ७ मा गुलाफ दिन रोज डे, ८ मा प्रस्ताव दिन प्रपोज़ डे, ९ मा चकलेट दिन, १० मा टेडी डे, ११ मा वाचा दिन प्रमिस डे, १२ मा अङ्कमाल दिन हग हे, १३ मा चुम्बन दिन किस डे र फेब्रुअरी १४ मुख्य दिन जसलाई धेरै युवा युवतीहरू प्रतीक्षारत छन् । यस दिनलाई प्रेम र प्रणय दिन भ्यालेन्टाइन डे भनेर चिनिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय