काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गर्नुभएकाे छ ।
दिउँसो ३ बजे चियापान कार्यक्रम आयोजना हुने राष्ट्रपति कार्यालयले जनाएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले सांसदहरुलाई बधाई तथा शुभकामना दिनुहुनेछ । उहाँले हिजो संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएकाे थियाे ।
उहाँले प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यहरुलाई जलपानमा सहभागीताका लागि निमन्त्रणा गर्नुुभएको छ ।
राष्ट्रपति भण्डारीले आज धन्यवाद ज्ञापन स्वरुप जलपानको आयोजना गर्नलाग्नुभएकाे
हाे ।