सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राष्ट्रपति निर्वाचन पछि सत्ता समिकरण फेरिन्छ : नेता सिंह
समाचार

राष्ट्रपति निर्वाचन पछि सत्ता समिकरण फेरिन्छ : नेता सिंह

  • pranil शनिबार, माघ २८, २०७९ | February 11, 2023

दाङ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचन पछि सत्ता समिकरण फेरिने बताएका छन् ।

आज प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपति निर्वाचन पछि यही सरकार कायमै रहनेमा आशङ्का व्यक्त गरेका हुन् ।

पुरानो गठबन्धन ब्युतिने नबुतिने यकिन भन्न नसकिए पनि यही समीकरण कायम नरहने सङ्केत देखिएको उनले बताए । प्रतिपक्षमा नरहने भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले किन विश्वासको मत दिएको भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले यो प्रश्नको जवाफ राष्ट्रपतिको निर्वाचन पछि मात्र दिन सकिने

बताए ।

राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको उनको आशय थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय