शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • साफ महिला यु–२० च्याम्पियनसिपमा नेपाल पराजित, बंगलादेशले चुम्यो उपाधी
समाचार

साफ महिला यु–२० च्याम्पियनसिपमा नेपाल पराजित, बंगलादेशले चुम्यो उपाधी

  • pranil बिहिबार, माघ २६, २०७९ | February 9, 2023

काठमाडौं, २६ माघ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

बंगलादेशले ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा भएको फाइनल भिडन्तमा नेपालले दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो । बिहीबार साँझ घरेलु टोली बंगलादेशसँग भिडेको नेपाल ३–० गोलले पराजित हुन पुग्यो ।

बंगलादेशले ४१ औं मिनेट पहिलो र ८६ औँ मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसमाथी इन्जुरी समयमा थप एक गोल गरे पछि बंगलादेश महिला साफ

च्याम्पियनको बिजेता बन्न सफल भयो ।

भारतलाई हराएर आएको नेपाल र भुटानलाई हराएर फाइनलमा पुगेको घरेलु टोली बंगलादेश  फाइनलमा पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय