आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन काठमाडौँमा अब ‘समय कार्ड’ लागू
समाचार

नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन काठमाडौँमा अब ‘समय कार्ड’ लागू

  • pranil बिहिबार, पुस २१, २०७९ | January 5, 2023

उहाँले विगत लामो समयदेखिएको प्रयासमा राष्ट्रिय परिचयपत्र तथा नागरिकताको लाइन लाग्ने अवस्था हटेको जानकारी दिँदै अझै प्र्रभावकारी सेवा वितरण गर्नका लागि आवश्यक सुधार गर्दै लगिने बताउनुभयो । उहाँले परिचयपत्र र राहदानी वितरणमा अझै केही समस्या कायमै रहेको पनि बताउनुभयो ।

यसैबीच आजै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रशासन कार्यालयको स्थलगत निरीक्षण भ्रमण पनि गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले प्रभावकारी सेवा दिन र नागरिकलाई झन्झट नहुने गरी काम गर्न प्रशासनका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

पछिल्लो समयमा राहदानी वितरणलगायतका जनताका

अत्यावश्यक सेवा प्रवाहमा नेपाल सरकारले गम्भीरतापूर्वक चासो दिँदै आवश्यक निर्देशन जारी गरिसकेको छ । गृह मन्त्रालयले बुधबार मात्रै ७७ वटै जिल्लामा परिपत्र गरी अवैध क्रसर उद्योग बन्द गर्न प्रजिअलाई निर्देशन दिइसकेको छ भने सेवा प्रवाह प्रभावकारी बनाउन पनि निर्देश गरिसकेको छ । सोही निर्देशनका आधारमा काठमाडौँ प्रशासनले प्रभावकारी सेवा प्रवाह हुने गरी आवश्यक काम थालेको हो ।रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय