बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गृहमन्त्रीको सचिवालयमा नियुक्ति नभएको रविका दाजु हरिशरणको स्पस्टीकरण
समाचार

गृहमन्त्रीको सचिवालयमा नियुक्ति नभएको रविका दाजु हरिशरणको स्पस्टीकरण

  • pranil बुधबार, पुस २०, २०७९ | January 4, 2023

काठमाडौं ।  सञ्चारकर्मी हरिशरण लामिछानेले आफूलाई गृहमन्त्री रवि लामिछानेको सचिवालयमा नियुक्त नगरिएको बताएका छन् । उनले अहिले पनि रेडियो नेपालको मुख्य समाचार सम्पादकको महत्वपूर्ण जिम्मेवारीमा सक्रिय रहेको बताउदै सचिवालयमा नियुक्त नभएको स्पस्ट पारेका हुन् ।

रेडियो नेपालका मुख्य समाचार सम्पादक लामिछाने गृहमन्त्री रविका दाजु हुन् ।

रविले पनि पुरानै दलको जस्तै नातावाद कृपावादलाई प्रश्रय दिएको आरोप लागिरहेका बेला दाजु हरिशरणले भनेका छन् , केही सामाजिक सञ्जालमा प्रकाशित, उपप्रधान तथा गृहमन्त्रीको सचिवालयमा नियुक्ति लिएको भन्ने समाचार सत्प्रतिशत गलत छु, उनले भनेका

छन्, आजपर्यन्त म सञ्चारमाध्यममै छु । अहिले पनि रेडियो नेपालको मुख्य समाचार सम्पादकको महत्वपूर्ण जिम्मेवारीमा सक्रिय रहेको अवगत गराउँछु ।

उनले नेपाली राजनितिको विकृति नातावादुलाई प्रश्रय दिनुहुन्न भन्ने पनि आफ्नो मान्यता रहेको बताएका छन् । गृहमन्त्री रविले टेलिभिजन सञ्चारकर्मका बेलादेखिका साथी दिपक बोहोरालाई सचिवालय प्रमुख बनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय