सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पाँचथरमा घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु, २ जना घाइते
समाचार

पाँचथरमा घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु, २ जना घाइते

  • pranil बुधबार, पुस २०, २०७९ | January 4, 2023

काठमाडौं – पाँचथरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति एक व्यक्तिको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भउको हो भने २ जना घाइते भएका छन् ।

मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी घाइते हुनेमा मेघबहादुर र विजेन्द्र गुरुङ रहेका छन् । आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात,

गरगहना, किराना पसलसमेत गरी अनुमानित रु ५० लाख बराबरको धनमाल क्षति भएको हुनसक्ने अनुमान लगाइएको छ । आगलागी विद्युत् सर्ट भएर भएर हुन सक्ने अनुमान लगाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय