बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राइनासकोट र लिगलिगकोट जोड्ने पदमार्ग निर्माणकाे सम्भाव्यता अध्ययन हुँदै
समाचार

राइनासकोट र लिगलिगकोट जोड्ने पदमार्ग निर्माणकाे सम्भाव्यता अध्ययन हुँदै

  • pranil बुधबार, पुस २०, २०७९ | January 4, 2023

लमजुङ – लमजुङको राइनासकोट र गोरखाको लिगलिगकोट जोड्ने पदमार्ग निमार्णका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । राइनास नगरपालिका र गोरखाको पालुङटार नगरपालिकाबीच भएको अन्तर्पालिका साझेदारी समन्वय बैठकमा दुवै पालिकाको विकास र अन्तरसम्बन्ध मजबुद बनाउन उक्त निर्णय भएको हो ।

बैठकमा जिल्लाकै एतिहासिक पर्यटकीयस्थलको रुपमा रहेको राइनास नगरपालिकामा पर्ने राइनासकोट र पालुङटार नगरपालिकामा पर्ने लिगलिगकोट जोड्ने पदमार्ग निर्माण र चेपे करिडोर विकासको सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको हो ।

बैठकमा दुवै पालिकाको अन्तरसम्बन्ध रहेका र साझेदारी गर्न सक्ने साझा विकासका विविध आयाम

तथा सम्भावनाहरूमा छलफल गरी विभिन्न निर्णयसहित हस्ताक्षर गरिएको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुर्लले बताए ।

छलफलका क्रममा दुई पालिकाको सिमानाको रुपमा रहेको चेपे नदीको संरक्षण गरी जलिय जैविक विविधता संरक्षण गर्नेको लागि नदीमा हुने अप्राकृतिक रुपमा विद्युतीय करेन्ट तथा विष प्रयोग गरी माछालगायत जलचर मास्ने गतिविधिको नियन्त्रण गर्न आवश्यक उपाय ‘अवलम्बन गर्ने निर्णय भएको छ ।

चेपे नदीमा ड्याम निर्माण गरी बहुउदेश्यीय बृहत जलासयका लागि सम्भाव्यता अध्ययन गर्ने तथा साेको लागि सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको राइनासका प्रशासकीय अधिकृत सुयलले वताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय