सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मंगलबार घटेयो नेप्से परिसूचक, ३ अर्ब ४५ करोड बराबरको करोबार
समाचार

मंगलबार घटेयो नेप्से परिसूचक, ३ अर्ब ४५ करोड बराबरको करोबार

  • pranil मङ्लबार, पुस १९, २०७९ | January 3, 2023

काठमाडौं  । मंगलबार मंलबार सेयर बजार ओरालाे लागेकाे छ । नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागेर २०६१.०६ विन्दुमा आएर बजार बन्द भएकाे छ । मंगलबार ०.१५ प्रतिशतले सेयर बजार घटेको हो ।

सेयर बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ ।  २५७ कम्पनीको कारोबार हुँदा ८२ लाख २२ हजार ८३३ किता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोडभन्दा बढीको कारोबार  भएको छ ।

हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ

। साथै एनआईसी एसिया बैंकको ९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।  स्वेत गंगा हाइड्रोपावर र धाैलागिरि लघुवित्तको  १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।  खप्तड लघुवित्त र अजोड बिमाको ९.९९ प्रतिशतले मूल्य वृद्धि भएको हो ।

कुल १०७ कम्पनीमा उकलो लागेको छ भने १०२ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी स्थीर रहेको छ ।  १३ उपसूचकहरूमध्ये ४ कम्पनी उकालो लागेको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय