मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन : ‘कोरोनाविरुद्धको बुस्टर डोजको तत्काल प्रबन्ध गर्नुहोस्’
समाचार

स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन : ‘कोरोनाविरुद्धको बुस्टर डोजको तत्काल प्रबन्ध गर्नुहोस्’

  • pranil मङ्लबार, पुस १९, २०७९ | January 3, 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरुद्धको बुस्टर डोजको तत्काल प्रबन्ध गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् । कोरोना संक्रमण पुनस् बढ्‍न लागेको भन्‍दै उनले मन्त्रालयलाई कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

उनले भनेका छन्, ‘ हाल कोभिड १९ को संक्रमण पुनः क्रमशस् बढ्न लागेको प्रकाशमा आएको । जनस्तरमा कोरोना फैलिन नदिन आवश्यक निरोधात्मक र प्रवर्धनात्मक कार्यहरु गर्ने । बुष्टर डोज खोपको लागि कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्नुहोला ।’

प्रधानमन्त्रीले सरकारी सेवालाई एक महिनाभित्र सुधार

गर्ने निर्देशन पनि दिएका छन् । सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई नागरिकले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका थिए  ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय