बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पशुपतिनाथ मन्दिरको नाममा रहेको जग्गा मारवाडी सेवा समितिले गर्यो कब्जा
समाचार

पशुपतिनाथ मन्दिरको नाममा रहेको जग्गा मारवाडी सेवा समितिले गर्यो कब्जा

  • pranil सोमवार, पुस १८, २०७९ | January 2, 2023

काठमाडौं । पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता विपरीत पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ ।पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति संरक्षण गर्न कोषसँग गरिएको सम्झौता विपरीत धर्मशाला सञ्चालन गर्न भनी दिएको जग्गामा सेवा समितिले अरू नै संरचना बनाएर व्यवसाय सञ्चालन गर्दै आएको छ ।

धर्मशाला सञ्चालन गर्ने सम्झौता भए पनि सेवा समितिले काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिरको जग्गामा होटल, रेस्टुरेन्ट, लजसहितको व्यापार व्यवसाय सञ्चालन गरेको पशुपति क्षेत्र विकास कोषले

आरोप लगाएको छ ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतिरमण अधिकारीका अनुसार विसं. २०६० जेठ १२ गते भएको सम्झौता विपरीत सेवा समितिले धर्मशालामा व्यवसाय सञ्चालन गरिरहेको हो ।

सम्झौताअनुसार सेवा समितिले वार्षिक ५१ हजार रुपियाँ कोषलाई बुझाउनुपर्छ । ‘सहयोग’ शीर्षकमा उक्त रकम बुझाउने र समयानुकूल सम्झौता नवीकरण गर्ने भनिएको थियो । तर समितिले पशुपतिनाथ मन्दिरको जग्गामा ‘मोहियानी हक’ भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न अस्वीकार गर्दै आएको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

अघिल्लो समाचार

बडिमालिका खबर

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय