सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली जनता प्रजातन्त्र विना बाँच्न सक्दैनन् – डा कोइराला
समाचार

नेपाली जनता प्रजातन्त्र विना बाँच्न सक्दैनन् – डा कोइराला

  • pranil आइतवार, पुस १७, २०७९ | January 1, 2023

मोरङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली जनता प्रजातन्त्र विना बाँच्न नसक्ने हुनाले पार्टीले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्ने बताएका छन् । विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आज यहाँ आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उनले यस्तो बताएका हुन् ।

उनले नेतृत्वलाई महामन्त्रीहरूले नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने होइन गराउनेतर्फ पहल सुरु गर्नुपर्ने धारणा राखे ।उनले भोलिको नेपाल बनाउने युवापुस्ता भएकाले उनीहरूलाई राष्ट्र, राष्ट्रियता र

समाजवादका साथै विपी, गणेशमानलगायतका नेताबारे जानकारी गराउन विद्यालयस्तरमा अन्तरक्रिया गर्न आग्रह गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय