आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • जसपाको कार्यकारिणी समिति बैठक जारी
समाचार

जसपाको कार्यकारिणी समिति बैठक जारी

  • pranil शनिबार, पुस १६, २०७९ | December 31, 2022

काठमाडौँ / मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको रणनीति तय गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ ।

ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेरअघि सुरु भएको बैठकमा सरकारमा सहभागिता, पार्टीको आगामी महाधिवेशनलगायत विषयमा छलफल भइरहेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनको समीक्षा गर्दै पार्टीको महाधिवेशनबारे निर्णय हुनेछ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको जसपाले सरकारमा सहभागिताबारे निर्णय गरिसकेको छैन । आजको बैठकमा सो विषयमा पनि निर्णय हुनसक्ने

जसपाले जनाएको छ ।

यसैबीच जसपाले मधेस प्रदेशसभामा संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ । लालकिशोर साहको संयोजकत्वमा गठित समितिको सदस्यमा दिनेश यादव र रवीन्द्र गिरी रहनुभएको छ । मधेस प्रदेशमा जसपाको प्रत्यक्षतर्फ निर्वाचित नौ र समानुपातिकतर्फ सात गरी १६ सदस्य रहनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय