शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ६ वर्षीया बालिका करणी आरोपमा युवक पक्राउ
समाचार

६ वर्षीया बालिका करणी आरोपमा युवक पक्राउ

  • pranil शुक्रबार, पुस १५, २०७९ | December 30, 2022

सोलुखुम्बु, १५ पुस, सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सांगे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोलुदुधकुण्ड नगरपालिका-७ गार्माकी बालिकालाई बिहीबार करणी गरेको आरोपमा शेर्पालाई आज (शुक्रबार) पक्राउ गरिएको प्रहरी निरीक्षक अनील मिश्रले जानकारी दिए ।

बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय