बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
समाचार

हिट फिल्मको खोजीमा चिरञ्जीवी

  • pranil बुधबार, पुस १३, २०७९ | December 28, 2022

मुम्बई, १३ पुस । साउथका मेगास्टार चिरञ्जीवी हालका दिनमा नयाँ फिल्म ‘वाल्टेयर वीरय्या’का कारण चर्चामा छन् । यो फिल्म आगामी १३ जनवरी २०२३ मा रिलिज हुँदैछ । फिल्मको प्रमोसन पनि जोडतोडका साथ भइरहेको छ ।

लामो समयदेखि चिरञ्जीवी एक हिट फिल्मको खोजीमा छन् । उनको यो इच्छालाई फिल्म ‘वाल्टेयर वीरय्या’ले पुरा गर्नेमा निर्माण पक्ष ढुक्क छन् । यो फिल्मका निर्माता तथा निर्देशक फिल्मलाई हिन्दी भाषामा पनि रिलिज गर्ने तयारीमा छन् ।

चिरञ्जीवीको पछिल्लो फिल्म ‘गडफादर’ हिन्दीमा पनि रिलिज भएको थियो

। यो फिल्ममा बलिउड सुपरस्टार सलमान खानले केमियो गरेका थिए ।

सलमानको उपस्थिति भए पनि फिल्मले हिन्दी दर्शकबीच खासै कमाल देखाउन सकेन । चिरञ्जीवीको हिन्दी बेल्टमा फ्यान फलोइङ उल्लेख्य छैनन् । सोहीकारण पनि उनको नयाँ फिल्म पनि ‘गडफादर’ जस्तै पो हुने हो कि भन्ने चासो र चिन्ता बढ्दो छ ।

‘वाल्टेयर वीरय्या’ एक एक्सन ड्रामा फिल्म हो । फिल्ममा श्रुति हासन, रवि तेजा र केथरीन तिरेसा प्रमुख भूमिकामा छन् । रवि चिरञ्जीवीसँग २२ वर्षपछि पुनः स्क्रिन शेयर गर्दैछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय