शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ६० वर्षमाथिका एकल पुरुष र मध्यम अपाङ्गता भएकालाई माघदेखि भत्ता
समाचार

६० वर्षमाथिका एकल पुरुष र मध्यम अपाङ्गता भएकालाई माघदेखि भत्ता

  • pranil बुधबार, पुस १३, २०७९ | December 28, 2022

लमजुङ – लमजुङको बेसीशहर नगरपालिकाले नगरपालिका भित्रका मध्यम अपाङ्गता र एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७९/०८० को माघबाट लागुहुने गरी मध्यम अपागंता भई पहेलो कार्ड लिएका र ६० वर्षमाथिका एकल पुरुषलाई कार्यविधि बनाएर भत्ता वितरण गर्न लागेको हो ।

एकल महिला, ६८ वर्षमाथिका ज्येष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गका अपाङ्गतालाई संघ सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएपनि ६० वर्षका एकल पुरुष र मध्यम वर्गका अपाङगता भएका व्यक्तिलाई नगरपालिकाले जनही ५ सय रुपैयाँ भत्ता दिने निर्णय

गरेको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।

नगरपालिकाका अनुसार मध्यम अपागंता भत्ताका लागि निवेदनसाथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १६ वर्ष मुनिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र मध्यम अपागंता परिचयपत्र (पहेंलो रङ) को प्रतिलिपि आफ्नो वडा कार्यालयमा पेश गर्नुपर्ने बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इमनाथ कडेलले बताए ।

एकल पुरुष भत्ताका लागि निवेदनसाथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पत्नीको मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, अविवाहित भएको भए सम्बन्धित वडाको अविवाहित सिफारिस र सम्बन्ध विच्छेद भएको भए सम्बन्ध विच्छेद भएको प्रमाण पत्र आफ्नो वडा कार्यालयमा पेश गर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत कडेलले बताए ।

बेसीशहर नगरपालिका भित्र स्थायी बसोवास गरेको हुनुपर्ने नगरपालिकाले जनाएको छ ।सरकारी वा सार्वजनिक पदमा नियुक्ति, निर्वाचित वा मनोनित भएका नागरिक, सरकारी वा अन्य कोषबाट निवृत्तिभरण पाइरहेको नागरिक र प्रचलित कानुन बमोजिम अन्य सामाजिक सुरक्षा भत्ता लिइरहेका नागरिकले मध्यम अपाङ्गता तथा एकल पुरुष भत्ता नपाउने नगरपालिकाले प्रेस सल्लाहकार कृष्ण केसीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय