शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • उत्तर कोरियाको आणविक निशस्त्रीकरणको सम्भावना हरायोः अमेरिकी कुटनीतिज्ञ
समाचार

उत्तर कोरियाको आणविक निशस्त्रीकरणको सम्भावना हरायोः अमेरिकी कुटनीतिज्ञ

  • pranil बुधबार, पुस १३, २०७९ | December 28, 2022

एजेन्सी – सीमा बन्द र अन्य महामारी विरोधी उपायहरु लम्ब्याउँदै तथा अन्तर्राष्ट्रिय संलग्नता अवरुद्ध र आर्थिक समस्या निम्त्याउदै देशले मे मा आफ्नो पहिलो कोभिड १९ प्रकोप स्वीकार गरेको थियो । परीक्षण र स्वतन्त्र अनुगमनको अभावमा त्यहाँ कोभिडको वास्तविक सीमा अपुष्ट छ ।

यस वर्षले उत्तर कोरियाले आफूलाई स्थायी आणविक हतियार शक्ति ठानेको र प्योङयाङले अमेरिकालाई निशस्त्रीकरण वार्तामा संलग्न गराउने कुनै आसय राखेको छैन भन्ने स्पष्ट प्रमाण दिएको पूर्वअमेरिकी कूटनीतिज्ञ इभान्स रेभरेले बताए ।

‘उत्तर कोरियाको खतराको कुरा गर्दा हामी खतरनाक

र अज्ञात क्षेत्रमा छौं’ उनले भने ‘उत्तर कोरियाको आणविक निशस्त्रीकरणको सम्भावना सबै हराइसकेको छ ।’

उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक यसै वर्ष अन्तरमहादेशीय मिसाइल प्रहार गरेको थियो । उसले सन् २०२२ को सुरुदेखि शृंखलाबद्ध ढंगले हतियार परीक्षण गर्दै आएको छ । उसको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय