शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पहिलो भ्रमण भारत हुनसक्छ : प्रधानमन्त्री दाहाल
समाचार

पहिलो भ्रमण भारत हुनसक्छ : प्रधानमन्त्री दाहाल

  • pranil मङ्लबार, पुस १२, २०७९ | December 27, 2022

काठमाडौं – प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने संकेत गरेका छन् । प्रधानमन्त्री दाहालले भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने सम्भावना रहेको बताएका हुन् ।

आफूलाई पहिलो पटक जहाँबाट भ्रमणको निम्तो आउँछ, म त्यहीँ नै जाने प्रचण्डले बताए ।

दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ मा पहिलो पटक भारतको भ्रमण नगरिकन बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा चीन पुगेका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो

भ्रमण भारतबाट सुरु गर्ने परम्परालाई उनले तोडेका थिए ।

दाहालले अन्तर्वार्तामा आफू प्रधानमन्त्रीको रुपमा सोमबार नियुक्त भएलगत्तै भारतीय पक्षबाट पहिलो पटक बधाई आएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय