सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • माओवादी प्रदेश १ संसदीय दलको नेतामा आङ्बो
समाचार

माओवादी प्रदेश १ संसदीय दलको नेतामा आङ्बो

  • pranil मङ्लबार, पुस १२, २०७९ | December 27, 2022

विराटनगर – नेकपा माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो निर्विरोध निर्वाचित भएका छन् । माओवादीबाट दलको नेता चयन भएका आङ्बो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री हुन् । प्रदेशमा सबैभन्दा लामो समय मन्त्री बनेको अनुभव उनीसँग छ ।

पूर्वमुख्यमन्त्री शेरधन राई र हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा उनले एउटै मन्त्रालयको जिम्मेवारी पाएका थिए । दलको नेतामा सांसद (प्रदेशसभा सदस्य) दुर्गाप्रसाद चापागाईं पनि दाबेदार थिए । माओवादीका नेता एवं प्रदेश सांसद राजेन्द्र कार्की ‘नवीन’ले आङ्बोलाई सर्वसम्मत रूपमा दलको नेता

चयन गरिएको जानकारी दिए ।

आङ्बो यसअघि पनि माओवादीको संसदीय दलका नेता थिए । मंसिर ४ गतेको निर्वाचनबाट उनी पाँचथरको ‘ख’बाट दोस्रोपटक निर्वाचित भएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय