आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौं उपत्यकामा एकैदिन ३१०१ सवारीसाधन कारबाहीमा
समाचार

काठमाडौं उपत्यकामा एकैदिन ३१०१ सवारीसाधन कारबाहीमा

  • pranil मङ्लबार, पुस १२, २०७९ | December 27, 2022

काठमाडौं / काठमाडौं उपत्यकामा सोमबार एकैदिन ३१०१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

जसमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने १२१ व्यक्ति तथा सवारीमाथि कारबाही भएको छ । कार्यालयका अनुसार लेन मिच्ने ७५, हर्न नियम पालना नगर्ने ६२, नम्बर प्लेट नराखेका ५२ वटा, लिडारगन १६०, रेड लाइट उल्लंघन गर्ने ३० वटा र अन्य नियम उल्लंघन गर्ने २६०१ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय