जे सहमति हुन्छ, त्यसलाई मानेर जानैपर्छ, माथि कस्तो परिस्थिति बन्छ, हामी पनि त्यसकै पखाईमा छौँ”, उहाँले भन्नुभयो ।
केन्द्रबाट आउने निर्णयपछि ससंदीय दलको नेता चयन गर्ने तयारीमा माओवादी केन्द्र छ । अहिले पनि चुमान नै दलको नेता बन्ने निश्चित जस्तै छ । एमालेले भने आइतबार सर्वसम्मतरूपमा खगराज अधिकारीलाई दलको नेता चुनेको छ । कास्की–१ (१) बाट निर्वाचत उहाँ मुख्यमन्त्रीकै लागि सङ्घको राजनीतिबाट प्रदेशमा झर्नुभएको हो ।
तनहुँ–१ (२) बाट निर्वाचित चुमान यसअघि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री हुनुहुन्थ्यो ।
प्रदेश प्रमुखले बहुमतसहित सरकार गठनको दाबी गर्न आह्वान गरेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
कुनै पनि दलले बहुमत प्राप्त नगरेको स्थितिमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन हुनेछ । उक्त संवैधानिक व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई प्रेदश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने छ ।