उनले निर्वाचनअघि तालमेल गर्न उन्नत राजनीतिक संस्कार चाहिने उनको जोड थियो। कार्यक्रममा दुबै महामन्त्रीले निर्वाचनमा पहिलो पार्टी बनेर पनि सरकारको नेतृत्व गर्न नपाइने नियतिले हाम्रो निर्वाचन प्रणाली र संविधानमै पुनः सुधार गर्नुपर्ने कुराहरु विद्यमान रहेको टिप्पणी गरे।
छलफलमा अब नेपाली कांग्रेसले के गर्छ भन्ने स्वभाविक प्रश्न उठ्ने नै भयो।
‘हार जितको कुरा एकछिन आयो, गयो। नेपाली कांग्रेसमा जोडिँदा एउटा प्रतिष्ठा हुन्थ्यो। त्यो कुरा फेरि बनाइन्छ। हामी कांग्रेस पार्टीलाई सदृढ कसरी बनाउँने भन्नेबारे सोचिरहेका छौं,’ गगनले भने।
यसैमा नेता शर्माले
फेरि फुटबलकै उदाहरण दिँदै थपे, ‘जब केही भत्किन्छ। निर्माण क्रम पनि सुरु हुन्छ। यो नेपाली काग्रेसको लागि ट्रनिङ प्वइन्ट हो। पाँच वर्षपछि हामी डिफेन्डिङ च्यापियनलाई हराउँछौं। हामी जित्छौं।’ उनले पछिल्लो राजनीतिक प्रकरणबारे कांग्रेसले गहिरो विश्लेषण गरेर अबको यात्रा तय गर्नेसमेत बताए।