बिहिबार, चैत्र ९, २०७९ | Thursday 23rd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ
समाचार

कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ

  • pranil सोमवार, पुस ११, २०७९ | December 26, 2022

कञ्चनपुर – कञ्चनपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ निम्बुखेडाबाट अवैध लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन् ।

एक ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा निम्बुखेडाका ३२ वर्षीय सुरेन्द्र बम र १८ वर्षीय किशोर रहेका छन् ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले शंका लागि उनीहरूको शरिर तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि दुबै जनालाई पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय