सकेको छैन ।
खोटाङभित्रको जयराम–हलेसी, हलेसी–दिक्तेल र दिक्तेल–सेखुवासम्मको खण्ड कालोपत्रे भइसकेको छ । अलपत्र परेको चखेवाभञ्ज्याङ–सेखुवा सडक खोटाङ र भोजपुरभित्र पर्ने मध्यपहाडीको कालो धब्बा झैं बन्न पुगेको छ । यस्तै, दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको पंखु खोला, मेवा खोला र छेपे खोलामा पुल बन्नै बाँकी छ ।
पंखु खोला पुल पनि रद्दकै प्रकृयामा
मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–दिक्तेल सडक खण्डकै पंखु खोलाको पक्की पुलको पनि ठेक्का सम्झौता तोड्ने प्रकृया सुरु भएकाे छ । सम्झौता म्याद नाघेको चार वर्ष बित्दा पनि ठेकेदार कम्पनी सिरुवा
कन्ट्रक्सन प्रालिले पुलको काम नगरेपछि ठेक्का तोड्न सडक विभाग समक्ष सिफारिस गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पुलको दुईतिरको पिलर ठड्याउने बाहेकका काम भएको छैन ।
पंखु खोला पुल दुई करोड २९ लाखमा पूरा गर्नेगरी सिरुवा कन्ट्रक्सनले ७ असाेज ०७२ मा ठेक्का सम्झौता गरेको थियो । ०७५ साल असार मसान्तमै सम्पन्न गर्नुपर्ने पुलको काम हालसम्म ३९.८४ प्रतिशत मात्र सकिएको छ ।
पंखु खोला पुलको दोश्रोपल्ट थप भएको म्याद पनि असार ०७७ मै सकिएको थियो । पुलको काम पूरा नहुँदा पिलरको रड खियाले खाइसकेको छ । पुल निर्माण अलपत्र परेपछि आयोजनाले सम्पर्कमा आउन भन्दै २०७६ सालमा १५ दिने सूचना प्रकाशित गरेको थियो ।
मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवाभञ्ज्याङ खण्डमा पर्ने छेपे खोलाको पुल निर्माणाधिन अवस्थामा छ । सगरमाथा/सजिव जेभीले १३ जेठ ०८० मा सम्पन्न गर्नेगरी १४ मंसिर ०७८ मा ठेक्का लिएको हो ।
हालसम्म १२.११ प्रतिशत वित्तीय प्रगति भएको छ । यस्तै, केएम इन्जिनियर्स विल्डर्स प्रालिले २१ असार ०८१ सम्ममा सम्पन्न गर्नेगरी २२ असार ०७९ मा छेपे खोला र मेवा खोला पुलको ठेक्का सम्झौता गरेको छ ।
मेवा खोला पुलको डिजाइन स्वीकृत भइसकेको तथा भालु खोलाको पुलको डिजाइन स्वीकृतिको चरणमा रहेको कार्यालयले जनाएको छ ।