शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष सवारी चेकिङ्‍मा सात चालक कारबाहीमा
समाचार

विशेष सवारी चेकिङ्‍मा सात चालक कारबाहीमा

  • pranil शनिबार, पुस ९, २०७९ | December 24, 2022

काठमाडौं – लागूऔषध सेवन गरी सवारी साधन चलाउने सात जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको विशेष चेकिङमा सात जनालाई कारबाही गरेको प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।

कार्यालयले लागूऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोली उनीहरूलाई कारबाही गरेको हो । पाँच जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक गरी सात जना चालक कारबाही गरिएको हो ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त

जगातीमा राखिएको प्रवक्ता एसएसपी भट्टले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय