सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • भजनीमा हतियारसहित आउँछन् डाँका तर प्रहरी बेखबर जस्तै
Uncategorized

भजनीमा हतियारसहित आउँछन् डाँका तर प्रहरी बेखबर जस्तै

  • pranil सोमवार, पुस ४, २०७९ | December 19, 2022

प्रहरी प्रशासनको ध्यान जानु आवश्यक छ ।’

सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ रहे पनि भारतीय नागरिक राति नेपाल पसेर आतंक मच्चाउनुमा सुरक्षा व्यवस्था कम्जोर रहेको उनी बताउँछिन् ।

प्रहरीले भने स्थानीय नागरिकको कमजाेरी देखाएर पन्छिने प्रयास गरेको छ । ‘टोलमा चोरी भएको जानकारी तत्काल प्रहरीलाई गराउँदैनन्,’ इलाका प्रहरी कार्यालय भजनीका इन्चार्ज प्रहरी निरिक्षक राजेन्द्र खड्काले भने, ‘एउटाले अर्कोलाई सहयोग पनि गर्दैनन्, जसका कारण अनुसन्धान गर्न समस्या भइरहेको छ । गाउँमा चोरी बढेको भने उनले स्वीकारे ।

‘केही समययता चाेरीका घटनाबारे उजुरी निरन्तर आइरहेका

छन् ।’ उनले भने, ‘प्रहरी अन्य सुरक्षा व्यवस्थामा व्यस्त भएको बेला चोरी भएको छ, यसलाई रोक्न सशस्त्र प्रहरीसँग समन्वय गरेर अघि बढ्दैछौं ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भने भजनीका एक दुई घटनाबाहेक अन्य घटनाका बारेमा जानकारी नभएको बताए । ‘सञ्जय सक्सेनाको घरमा भएको चोरी प्रकरणमा किटानी परेकाहरूमाथि छानबिन गर्न दुई जनालाई पक्राउ गरिए पनि उनीहरूमाथि मुद्दा चलाउने कुनै प्रमाण नभेटिएका कारण छोड्नुपरेको हो,’ प्रवक्ता जोशीले भने, ‘अन्य घटनाका बारेमा मलाई जानकारी छैन ।’

सञ्जयद्वारा पुनः अनुसन्धानको माग
८ मंसिर राति घरमा चोरी भएपछि किटानीसहित उजुरी दिएका दुई जना भारतीय नागरिकलाई प्रहरीले छाडेपछि पीडित सञ्जयले पुनः अनुसन्धान गरिदिन आग्रह गरेका छन् । हिजाे आइतबार पत्रकार सम्मेलन गर्दै उनले प्रमाणसहित सलमान खान र विशाल अग्रवालले नै आफ्नो घरमा चोरी गरेको भन्दै पुनः अनुसन्धान हुनुपर्ने बताए । ‘मेरो घरको चक्कु उनीहरूबाट प्रहरीले बरामद गरेको छ,’ सक्सेनाले भने, ‘त्योभन्दा ठुलो प्रमाण अरु के चाहिन्छ ? त्यसैले उनीहरूमाथि पुनः अनुसन्धान गरियोस् भन्ने मेरो माग हो, यस विषयमा प्रहरी, सरकारी वकिल पनि गम्भीर बनुन् ।’

चोरी आरोपमा किटानी जाहेरीपछि पक्राउ परेका भारतीय नागरिलाई अनुसन्धाननै नगरी प्रहरीले छोडेको उनको आरोप छ । कैलालीको भजनी नगरपालिका–७ स्थित चर्रा पृथीपुरका सञ्जय सक्सेनाले आफ्नो घरमा पाँच लाख ८१ हजार चोरी गरेको आरोपमा भारतको  तिकुनियाका सलमान खान तथा विशाल अग्रवालका नाममा ९ मंसिरमा जाहेरी दिएका थिए । जाहेरी पछि दुवै जनालाई प्रहरीले पक्राउ गरे पनि छानबिन नै नगरी छोडेको सञ्जयको आरोप छ ।

किटानी जाहेरी दिएका ती भारतीय नागरिकले त्यस अघि पनि गाउँ पसेर ४–५ घरमा चोरी गरेको र अन्य आपराधिक क्रियाकलाप समेत गर्ने गरेको सञ्जयले बताए ।
‘एक दुई पटक त गाउँमै मिलापत्र गरेर प्रहरीकै रोहबरमा छोडिएको थियो,’ उनले भने, ‘हामीले मिलापत्र गर्दा उनिहरूको मनोबल उच्च भएछ, त्यसपछि घरनै लुट्न थालेपछि किटानीसहित मुद्दा चलाउन उजुरी दिएका हौं, तर प्रहरीले कारवाही गरेन ।’

अघिल्लो समाचार

बडिमालिका खबर
कांग्रेस

अर्को समाचार

बडिमालिका खबर

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय