सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सोलुखुम्बुबाट एक थान भरुवा बन्दुक र खुकुरीसहित दुईजना पक्राउ
समाचार

सोलुखुम्बुबाट एक थान भरुवा बन्दुक र खुकुरीसहित दुईजना पक्राउ

  • pranil आइतवार, पुस ३, २०७९ | December 18, 2022

सोलुखुम्बु । प्रहरीले भरुवा बन्दुक र खुकुरीसहित सोलुखुम्बुबाट दुईजनालाई पक्राउ गरेको छ । माप्य दुधकोशी गाउँपालिका–२ बस्ने ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश राईलाई १ थान भरुवा बन्दुकसहित शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोलु दुधकुण्ड नगरपालिका–१ छिर्दी खोलास्थित निर्माणाधीन पुलका कामदारहरुलाई उनीहरूले धाकधम्की दिई कामदारहरूको मोबाइलसमेत लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय