मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ओली नेतृत्वको ३ वर्षको सरकार इतिहासकै सफल भयोः नेता ज्ञवाली
समाचार

ओली नेतृत्वको ३ वर्षको सरकार इतिहासकै सफल भयोः नेता ज्ञवाली

  • pranil मङ्लबार, कार्तिक १५, २०७९ | November 1, 2022

कात्तिक १५ –नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशलाई सुरुङ युगमा प्रवेश गराउने काम एमालेकै सरकारको पालामा सुरु भएको बताएका छन् । काठमाडौंको नागढुंगामा एमालेकै पालाबाट सुरुङ निर्माण सुरु भएको बताउँदै उनले बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको डिपिआरको काम पनि एमालेकै पालामा भएको बताए ।

गुल्मी १ का प्रतिनिधिसभाका उम्मेदवार ज्ञवालीले विभिन्न स्थानमा आयोजित घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै भने, देश अहिले सुरुङ युगमा प्रवेश गरेको छ, यसको आधार एमालेकै सरकारले तयार गरेको हो ।

ज्ञवालीले तराईमा सशस्त्र संघर्ष

गरी हिंसा मच्चाइरहेका समूहलाई पनि एमालेकै सरकार हुँदा देशको मूलधारको शान्तिपूर्ण राजनीतिमा ल्याएको दाबी गरे । तराईमा द्वन्द्व चर्काएका सिके राउत लगायतका समूहलाई शान्तिको बाटोमा ल्याउन सफल भयौंं, यो एमाले नेतृत्वको सरकार हुँदा संभव भएको हो, उनले भने ।

मधेश केन्द्रित दलहरुले संविधान जलाइरहेको र सिके राउतले मधेशमा द्वन्द्व चर्काउँदै गरेको स्मरण गर्दै ज्ञवालीले भने, विप्लव शान्ति प्रकृया बाहिर थिए तर जब नेकपाको सरकार बन्यो विगतका सबै द्वन्द्व समाधान भए ।

उनले मुलुकलाई द्वन्द्वबाट मुक्त बनाउन एमाले नेतृत्वको सरकारले सफलता पाएको दावी गर्दै शान्ति, स्थिरता र विकासका लागि एमालेको जित मुलुकले खोजिरहेको बताए ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले एमालेको राष्ट्रियताको अडानकै कारण देशले नयाँ नक्सा पाएको बताए । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा बनाएका छौं, साना तीना धक्काले देश झुक्दैन भन्ने प्रमाणित गरेका छौं, उनले भने । देशको भूभागमाथि आफ्नो वैधानिक दाबीमात्र प्रस्तुत नगरी औपचारिक रुपमा वार्ताको थालनी समेत गरेको अवस्थामा विभिन्न षडयन्त्रपूर्वक सरकार ढालिएको उनको भनाइ छ ।

नेकपाको नेतृत्वमा साढे तीन वर्ष सरकार चलेको बताउँदै उनले त्यस अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशले विकासमा फड्को मारेको उल्लेख गरे । उनले नेकपा नेतृत्वको तीन वर्षको सरकार इतिहासकै सफल सरकारको रुपमा रहेको दाबी गरे । ज्ञवालीले अहिले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा केन्द्रित छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय