मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • खेलकुद
  • निमिसलाई सम्झँदै सकियो प्याराग्लाइडिङ
खेलकुद

निमिसलाई सम्झँदै सकियो प्याराग्लाइडिङ

  • pranil बिहिबार, कार्तिक ३, २०७९ | October 20, 2022

निसिम थापाको दुर्घटनाकै कारण असोज ३० गते मृत्यु भएको थियो ।

बागमती प्रदेशले क्रसकन्ट्रीमा कास्य पदक हात पारेको छ । कास्य जितेको बागमती प्रदेशको टिममा कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी हुनुहुन्थ्यो । उहाँहरुले कूल दुई हजार एक सय ४८.३ अङ्क प्राप्त गरेको सङ्घले जनाएको छ ।

व्यक्तिगत पुरुषतर्फ आर्मीलाई स्वर्ण
क्रसकन्ट्री विधाको व्यक्तिगततर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । आर्मीका सुरुज थापाले कूल एक सय अङ्कसहित स्वर्ण पदक हात पार्नुभएको हो ।

सोही खेलमा गण्डकी प्रदेशका विजय गौतमले रजत पदक हात पार्नुभएको छ । उहाँले कूल नौ सय ४८.६ अङ्क हात पार्नुभएको थियो । त्यस्तै, बागमतीका कृष्णबहादुर सुनुवारले कास्य पदक जित्नुभएको छ ।

उहाँले कूल नौ सय २५.६ अङ्क प्राप्त गर्नुभएको थियो । प्याराग्लाइडिङकै एक्युरेसी विधाको समूह पुरुष स्पर्धामा गण्डकी प्रदेशले स्वर्ण पदक हात पारेको छ भने एक्युरेसी व्यक्तिगत पुरुष विधातर्फ गण्डकीले नै स्वर्ण पदक हात पारेको छ । त्यस्तै महिला टिम एक्युरेसीतर्फ विभागीय टिम नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ भने महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीले स्वर्ण पदक प्राप्त गरेको छ । क्रसकन्ट्री अन्तर्गत प्रतिस्पर्धा भइरहेको बेला प्याराग्लाइडिङ टेकअफका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका २५ वर्षीय निसिम थापाको मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय