मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सल्यानमा अरिंगालले टोक्दा आमाछोरीको मृत्यु, एक जना घाइते
समाचार

सल्यानमा अरिंगालले टोक्दा आमाछोरीको मृत्यु, एक जना घाइते

  • pranil मङ्लबार, कार्तिक १, २०७९ | October 18, 2022

कात्तिक १ –सिद्ध कुमाख गाउँपालिकामा अरिंगालले टोक्दा आमाछोरीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

सिद्ध कुमाख–१ हममपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र छोरी चार वर्षीया प्राप्ति बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार साँझ खेतमा धान काटी घर फर्किने क्रममा बाटोमा अरिंगालले तीनजनालाई टोकेको थियो। श्रीनगरस्थित परोपकार हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा बाटोमै प्राप्तिको बाटोमै मृत्यु भएको हो।

शोभालाई भने आज बिहान कोहलपुर मेडिकल कलेजमा जाँच गर्ने

क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।अर्का घाइते मृतक शोभाका काका नाता पर्ने २१ वर्षीय नवीन बस्नेतको श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार भइरहेको छ। मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय