मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गन्तव्य बिनाको गठबन्धन सरकारः ईश्वर पोखरेल
समाचार

गन्तव्य बिनाको गठबन्धन सरकारः ईश्वर पोखरेल

  • pranil शुक्रबार, अशोज १४, २०७९ | September 30, 2022

असोज १४ –नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित दसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेकाले निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए ।

उनले देशको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको न्यायालय, कार्यापालिका, देशका अन्य अंगहरू चल्नै नसक्ने (प्यारालाइसिस) को अवस्थामा रहेको बताए । आगामी निर्वाचनबाट एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा

लैजान सकिने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय