मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गोरखा दरबारको दसैंघरमा विधिपूर्वक जमरा राखियो
समाचार

गोरखा दरबारको दसैंघरमा विधिपूर्वक जमरा राखियो

  • pranil सोमवार, अशोज १०, २०७९ | September 26, 2022

असोज १०– गोरखाको कालिका मन्दिरमा रहेको दसै घरमा आज विधिपूर्वक जमरा राखिएको छ। बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दसैं घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।

परम्पराअनुसार बिहान सबेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले बताए।

गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता छ।

बडादसैंमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका

कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ। प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालोे बोकाको बलिदिने प्रचलन छ। यसैगरी गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिए।

मनकामना मन्दिरमो मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उनले बताए। परम्परा अनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण नित्य पूजा गरी जमरा राखिएको मूलपुजारी थापाले बताए। गणेश र कलश स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको उनले बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय