मङ्लबार, मंसिर १३, २०७९ | Tuesday 29th November 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • हज्जारौँ लिभरपुलका समर्थकले यूईएफएविरुद्ध मुद्दा हाल्ने
समाचार

हज्जारौँ लिभरपुलका समर्थकले यूईएफएविरुद्ध मुद्दा हाल्ने

  • pranil शनिबार, अशोज ८, २०७९ | September 24, 2022

 ग्लोवल टि.भी.      शनिबार, अशोज ८, २०७९      0

असोज ८ –१७ सयभन्दा बढी लिभरपुलका समर्थकहरूले यूईएफएविरुद्ध मुद्दा हाल्ने भएका छन् । च्याम्पियन्स लिगको फाइनलमा यूईएफएको व्यवस्थापनको कमजोरीका कारण आफूहरूमध्ये धेरै घाइते हुनुका साथै मानसिक पीडा भोगेको भन्दै उनीहरूले मुद्दा दर्ता गर्न लागेको वकिलले जानकारी दिएका हुन् ।

पेरिसमा खेलिएको रियल म्याड्रिड र लिभरपुल बीचको फाइनलको व्यवस्थापनलाई लिएर युरोपियन फुटबलको नियामक निकायको आलोचना भएको थियो ।

सुरक्षाको कारण देखाउँदै त्यतिबेला फाइनल खेल ३५ मिनेट ढिला गरी सुरु गरिएको थियो ।

लिभरपुलको लफर्म बिङहमले स्टाडे डे फ्रान्सको ‘त्रासदीपूर्ण घटना’ बारे समर्थकहरूसँग कुराकानी गरेको जनाएको छ । बिङहमले पोगस्ट गडहेडसँग मिलेर १ हजार ४५० जनाको संयुक्त मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ । लिभरपुलका धेरै समर्थकहरूले लामो समय स्टेडियममा प्रवेश गर्न नपाएको तथा प्रहरीबाट दुर्व्यवहार बेहोर्नुपरेको बताएका छन्

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय