शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले दैनिक उडान भर्ने
समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले दैनिक उडान भर्ने

  • pranil शुक्रबार, भदौ ३१, २०७९ | September 16, 2022

भदौ ३१– भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाका प्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ ।

यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २ जेठदेखि नियमित उडान गरेको हो । खासगरी वैदेशिक रोजगारीमा जाने नेपालीले यो विमानस्थललाई आधार बनाएर सेवा लिइरहेका छन् ।

जजिराले भैरहवा हुँदै कुवेतबाट कतारसम्म सेवा दिने गरी सेवा जोडेको

छ । गौतमबुद्ध विमानस्थलमा ३० अक्टोवरबाट बिज एयरवेजले उडान गर्दैछ । यो दोस्रो वायुसेवा कम्पनी बन्नेछ । भैरहवाबाट आवुधाबीमा नियमित उडान गर्ने गरी यस कम्पनीले अनुमति लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय