बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प जादा ५ जनाको मृत्यु
समाचार

पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प जादा ५ जनाको मृत्यु

  • pranil सोमवार, भदौ २७, २०७९ | September 12, 2022

भदौ २७ –पपुवा न्युगिनीमा आएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । आइतबार बिहान आएको ७ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा धेरै घरहरु भत्किएका छन् । भूकम्पपछि केही सडक खण्डमा धाँजा फाटेका छन् भने पहाडमा पहिरो गएको छ ।

संसद सदस्य केसी सवाङले दुर्गम पहाडी गाउँमा कम्तीमा दुई जनाको ज्यान गएको र अन्य चारजनालाई गम्भीर अवस्थामा हेलिकोप्टरबाट अस्पताल लगिएको जानकारी दिए । नजिकैको वाउमा कोरगांको एउटा खानीमा पुरिएर तीन जना कामदारको मृत्यु भएको छ ।

‘त्यहाँ व्यापक क्षति

भएको छ’, केसी सवाङले भने, ‘पहिरोले घरहरू पुरिएका छन । एउटा गाउँसँगको सम्पर्क बिच्छेद भएको छ ।’ भूकम्पले गरेको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी नै छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय