शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सन्दीप लामिछानेलाई फसाउन षड्यन्त्र भएको भन्दै प्रदर्शन
समाचार

सन्दीप लामिछानेलाई फसाउन षड्यन्त्र भएको भन्दै प्रदर्शन

  • pranil शनिबार, भदौ २५, २०७९ | September 10, 2022

भदौ २५ –सन्दीप लामिछानेको समर्थनमा वीरगञ्जमा शुक्रबार प्रदर्शन गरिएको छ। लामिछानेलाई बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै घटनाको सत्य तथ्य छानबिन गर्न उनका समर्थकहरूले वीरगञ्जस्थित घण्टाघर चोकमा विरोध प्रदर्शन गरेका हुन्।

यस क्रममा उनीहरू विभिन्न नाराहरू लेखिएको पम्प्लेट प्रदर्शन गरेका थिए ।

दोषी करार नहुँदै कसैको चरित्र हत्या गर्न मिल्दैन, महिला मुखी अधिकार कानुन हुँदैन, पुरुषलाई दमन गर्न पाउँदैन, घटनाको सत्य तथ्य छानबिन गर लगायत भन्दै उनीहरुले नाराबाजीसमेत गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय