शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बेलायतकी महारानीको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त
समाचार

बेलायतकी महारानीको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

  • pranil शुक्रबार, भदौ २४, २०७९ | September 9, 2022

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ९६ वर्षीया एलिजाबेथको बिहीबार स्कटल्यान्डको वालमोरलमा निधन भएको थियो।

रानी एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको देउवाले उल्लेख गरेका छन्। ​ ‘रानीका सन १९६१ र सन १९८६ मा भएका दुई राजकीय भ्रमणलाई नेपालमा सादरपूर्वक स्मरण गरिन्छ,’ देउवाले एलिजाबेथका नेपाल भ्रमणको चर्चा गर्दै ट्विटमा भनेका छन्।

एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन १९८६ मा नेपालको

राजकीय भ्रमणमा आएकी थिइन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय