बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ
समाचार

मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

  • pranil बिहिबार, भदौ २३, २०७९ | September 8, 2022

भदौ २३ –सिरहा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो।

लहान नगरपालिकास्थित प्रादेशिक अस्पतालभित्र रहेको पार्किङ स्थलबाट चोरी भएको को २६ प.१८३६ नम्बरको सेतो रंगको अपाचे मोटरसाइकल, लहान नगरपालिका वडा नम्बर १ स्थित सनराईज होटल अगाडी पार्किङ स्थलबाट चोरी भएको मोटरसाइकल स.६ प.१७७ नम्बरको खैरो रंगको सुजुकी जिक्सर मोटरसाईकलसहित चोरीमा संलग्नहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा लहान नगरपालिका वडा नम्बर ३

बस्ने बर्ष २० का नविन कुमार महतो, बर्ष २४ का राकेश राय र सिरहा नवराजपुर गाउँपालिका वडा नम्बर ३ जगतपुर बस्ने वर्ष २२ कासन्तोष कुमार यादव रहेका छन्।

पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर सिरहा जिल्ला अदालतबाट चोरीसम्बन्धी कसुरमा पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय