शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आवाजबाटै कोभिड संक्रमण थाहा पाउन सकिने ‘मोबाइल एप’
समाचार

आवाजबाटै कोभिड संक्रमण थाहा पाउन सकिने ‘मोबाइल एप’

  • pranil बुधबार, भदौ २२, २०७९ | September 7, 2022

भदौ २२ –वैज्ञानिकहरूले कृत्रिम आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले मानिसको आवाजको विश्लेषण गरेर कुनै व्यक्तिमा कोभिड–१९ संक्रमण भए नभएको पत्ता लगाउन सक्ने नयाँ मोबाइल एप बनाएका छन् ।

नेदरल्याण्ड्सको मास्ट्रिच युनिभर्सिटीको इन्स्टिच्युट अफ डाटा साइन्सका अन्वेषकहरूले यो एप अन्य एन्टिजेन परीक्षणभन्दा बढी सटिक र तुलनात्मक रूपमा सस्तो, छिटो र प्रयोग गर्न सजिलो भएको दाबी गरेका छन् ।

उनीहरुका अनुसार यो एप कम आय भएका देशहरूमा उपयोगी हुन सक्छ जहाँ आरटी–पीसीआर परीक्षण महँगो र पहुँचको अभाव छ । एआई मोडलले ८९ सत्य देखाउने

वैज्ञानिकहरुको भनाइ छ ।

यो एप कोभिड पोजिटिभ संक्रमण पहिचान गर्न करिब ८९ प्रतिशत र नेगेटिभ संक्रमणका केस पहिचान गर्न ८३ प्रतिशत सही भएको अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय