आइतवार, अशोज १६, २०७९ | Sunday 2nd October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रियल मड्रिडको जित, चेल्सीको हार, बराबरीमा रोकिया मिलान
समाचार

रियल मड्रिडको जित, चेल्सीको हार, बराबरीमा रोकिया मिलान

  • सिधा दृष्टी बुधबार, भदौ २२, २०७९ | September 7, 2022

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत मंगलबार रातिको खेलमा साबिक विजेता रियल मड्रिडले जित निकालेको छ।
सेल्टिकको मैदानमा भएको खेलमा रियलले घरेलु टिमविरुद्ध ३-० को जित निकालेको हो। रियलका लागि भिनिसियस जुनियर, लुका मोड्रिच र इडेन हजार्डले गोल गरेका थिए। रियल मड्रिडबाट लामो समयको गोल खडेरीपछि हजार्डले गोल गरेका हुन्।
यससँगै रियलले समूह एफमा तीन अंक जोडेको छ। सोही समूहको अर्को टिम शख्तर डोनेटेस्कले आरबी लाइप्जिकलाई ४-१ ले हराएको छ।
यता, समूह ईको खेलमा भने डिनामो जेरेबले इंग्लिस क्लब

चेल्सीलाई १-० हराएको छ। दुई सिजनअघिको च्याम्यिन्स लिग विजेतालाई हराउन जेरेबका मिस्ल्याव ओरसिचले गोल गरेका थिए। यो हारले चेल्सीलाई समूह को पुछारमा पुर्‍याएको छ।
सोही समूहको अर्को खेलमा भने एसी मिलान साल्जबर्गसँग १-१ को बराबरीमा रोकिएको छ। साल्जबर्गकै मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्थाबाट गोल फर्काउँदै मिलान बराबरीमा रोकिएको हो।
च्याम्पियन्स लिगमा आज राति आयाक्स र रेन्जर्स, फ्रांकफर्ट र स्पोर्टिङ, इन्टर मिलान र बायर्न, बार्सिलोना र भिक्टोरिया प्लजिन, नापोली र लिभरपुल, एट्लेटिको मड्रिड र पोर्टोका साथै टोटेनहम र मार्से भिड्दैछन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय