शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • पाल्पा-बुटवल सडक खण्ड एकतर्फी सञ्चालन
मुख्य खबर

पाल्पा-बुटवल सडक खण्ड एकतर्फी सञ्चालन

  • सिधा दृष्टी शनिबार, भदौ १८, २०७९ | September 3, 2022

काठमाडौं- सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडक खण्ड गएरातिदेखि एकतर्फी खुलेको छ।
पाल्पाको तिनाउ गाउँपालिका-५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै खसेको पहिरो पन्छाएर गएराति १२ बजेदेखि सडक खुलेको हो।
सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख प्रदिपमणि निरौलाका अनुसार अझै पनि सडकमा केही हिलो भने बाँकी नै छ। हिलो तीन वटा मेसिनले पन्छाउने काम भइरहेको छ।
सडक खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन्। अस्ति दिउँसोदेखि बन्द भएको सडक डाइभर्सन निर्माण गरी खुलाइएको थियो। तर, हिजो बिहान फेरि दुई ठाउँमा पहिरो

खसेपछि दिनभर नै पूर्णरुपमा ठप्प भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय