बिहिबार, अशोज २०, २०७९ | Thursday 6th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • ललितपुर-३ मा कांग्रेसबाट बस्नेतको नाम सिफारिस
मुख्य खबर

ललितपुर-३ मा कांग्रेसबाट बस्नेतको नाम सिफारिस

  • सिधा दृष्टी शनिबार, भदौ १८, २०७९ | September 3, 2022

काठमाडौं – नेपाली कांग्रेसले ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा केन्द्रीय सदस्य जित जङ्ग बस्नेतको नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले बस्नेतको नाम पहिलो नम्बरमा जिल्लालाई सिफारिस गरेको हो ।
नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष समेत रहेका बस्नेत गत बर्ष मंसिरमा भएको कांग्रेसको महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा अत्याधिक बहुमतले विजयी भएका थिए । पार्टी भित्र त उनको लोकप्रियता उत्तिकै छ भने आफ्नो जिल्लामा समेत उनको राम्रो चर्चा रहेको छ ।

/> पार्टी सभापति शेरबहादुर देउवाको विश्वास पात्रको रुपमा रहेका उनले केपी ओली प्रधानमन्त्री हुँदा सरकारको गलत कामका विरुद्ध सडक आन्दोलनको नेतृत्व गरेका थिए । उनको हक्की स्वभाव र ईमान्दार चरित्रका कारण देशभर नै उनको राम्रो हाईहाई छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय