शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चिडियाखानामा सिंहले खायो मान्छे
समाचार

चिडियाखानामा सिंहले खायो मान्छे

  • pranil सोमवार, भदौ १३, २०७९ | August 29, 2022

भदौ १३ –घानाको चिडियाखानाको एउटा सिंहले तारबार नजिक पुगेका एक व्यक्तिलाई मारेको चिडियाखानका अधिकारीहरूले बताएका छन् । राजधानी आक्रामा रहेको चिडियाखानाको सुरक्षा बार बाहिर हाम फालेर सिंहले आक्रमण गरेको घानाको वन्यजन्तुको प्रभारी राज्य निकाय वन आयोगले जनाएको छ ।

‘घेराको भित्री बारमा रहेको एउटा सिंहले आक्रमण गरी घाइते बनाएको थियो’ विज्ञप्तिमा भनिएको । सिंहको आक्रमणमा गम्भीर घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

ती व्यक्ति चिडियानको प्रतिबन्धित क्षेत्रमा कसरी पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

एक प्रहरी प्रवक्ताले भने, ‘हामीले ती व्यक्ति कसरी प्रतिबन्धित क्षेत्रमा प्रवेश गरे भन्ने कुरा पत्ता लगाउन अनुसन्धान गरिरहेका छौं । ’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय