बुधबार, अशोज १२, २०७९ | Wednesday 28th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राष्ट्रियसभामा नागरिकता विधेयकको सन्देश टेबुल, अर्को बैठकमा छलफल हुने
समाचार

राष्ट्रियसभामा नागरिकता विधेयकको सन्देश टेबुल, अर्को बैठकमा छलफल हुने

  • pranil आइतवार, भदौ १२, २०७९ | August 28, 2022

भदौ १२ –राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । आइतबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्बिचारका लागि फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका हुन् ।

आइतबार

राष्ट्रियसभामा फिर्ता विधेयकबारे जानकारी गराएकाले अब अर्को बैठकमा छलफल हुन सक्छ । राष्ट्रपतिबाट फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट २ भदौमा हुबहु पारित भइसकेको छ । अब राष्ट्रिय सभाले पनि पारित गर्नुपर्छ । राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पारित गर्नुपर्छ । राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक संसदको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ ।

विधेयक पुनः संघीय संसदबाट पारित भएर गएपछि राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानतः फेरि पारित भएर गएको विधेयक फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई छैन ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय