मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • माओवादीबाट प्रदेश सरकारमा सामेल दुई मन्त्रीलाई बोलाइयो फिर्ता
समाचार

माओवादीबाट प्रदेश सरकारमा सामेल दुई मन्त्रीलाई बोलाइयो फिर्ता

  • pranil शुक्रबार, भदौ १०, २०७९ | August 26, 2022

सुर्खेत– नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। हाल प्रदेश सरकारमा रहेका तीनमध्ये दुई जनालाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ।

समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन्। ‘अहिले आलोचना भइरहेको विषय समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्ने कुरा पनि हो। माथिको निर्देशनअनुसार यहाँ अगाडि बढेको हो,’ अध्यक्ष केसीले भनिन्।मओवादीबाट कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्ट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो।

मन्त्री फिर्ता बोलाएपछि कसलाई लैजाने भन्ने विषय भने अहिलेसम्म टुंगिएको छैन। कर्णाली प्रदेशसभामा रहेका माओवादीका ११ सांसदमध्ये दुई जना मात्र मन्त्री बन्न बाँकी थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय