काठमाडौं– खप्तड लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले हाल कायम जारी पुँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्कासन अनुमति पाएको छ।
जारी पुँजीको ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित
गरेको छ। बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको छ।