शनिबार, अशोज १५, २०७९ | Saturday 1st October 2022
जोडिनुहोस
Trending
Uncategorized

नेपाली कांग्रेस नेता गिरि रहेनन्

  • pranil शनिबार, भदौ ४, २०७९ | August 20, 2022

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा गिरिको निधन भएको हो । घाँटीको क्यान्सरबाट पीडित उनको सोही अस्पतालमा उपचार हुँदै आएको थियो ।
अस्पतालले गिरिको निधन भएको पुष्टि गर्दै भनेको छ, ‘उहाँको अहिले राति निधन भएको छ। डाक्टरले मृत घोषणा गर्नुभएको छ । थप कुरा परिवारले भन्नु हुन्छ ।’

घाँटीको क्यान्सरका बीच केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको थियो । सुरुमा दिल्लीमा गिरिको

उपचार भएको थियो भने साउन दोस्रो सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो ।  गिरिको उपचारमा मेडिसिटीका डाक्टर पंकज वर्मनसहितको टीम खटिँदै आएको थियो । सिरहाका गिरिलाई बौद्धिक नेताका रुपमा चिनिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय